संसद विघटन विरुद्ध प्रमुख पाँच विद्यार्थी संगठनले देशव्यापी सडक प्रदर्शन गर्ने निर्णय गरेका छन् । सोमबार बिहान बसेको नेपाल विद्यार्थी संघ, अनेरास्ववियू (क्रान्तिकारी ),अनेरास्ववियु,समाजवादी विद्यार्थी युनियन, अखिल छैटौं लगायत पाँच विद्यार्थी संगठनका नेताहरुको बैठकले संसद विघटन विरुद्ध काठमाडौं लगायत ७७ वटै जिल्लामा प्रदर्शन गर्ने गर्ने निर्णय गरेको हो ।

बैठकले संसद विघटन विरुद्ध सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ । स्वतन्त्र अदालतको निर्णयमा हस्तक्षेप नगर्न पाँच विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण स्वरुप दबाब दिएका हुन् । संवैधानिक व्यवस्था अनुसार अदालतले संसद पुनर्स्थापना गर्नेमा समेत ती संगठनहरुले विश्वास व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया