लिङदेन समाज नेपालका महासचिव तथा जसपा, नेपाल लिम्बूवान प्रदेश सम्पर्क समिति काठमाडौंका सदस्य, मिलनसार, समाजसेवी र सफल युवा व्यवसायी, बौद्धिक एवं क्रियाशील नेता अनुप लिङदेनको हिजो असार १४ गते सवारी दुर्घटनामा परि मृत्यु भएकोले जनता समाजवादी पार्टी नेपालले प्रेस विज्ञप्ति मार्फत समवेदना व्यक्त गरेको छ ।

विज्ञप्तिमा भनिएको छ “यो दुखद र अप्रिय घटना हो । स्वर्गीय अनुप लिङ्देनको मृत आत्मा प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं । साथै यो दु खद क्षणमा सर्जक तथा आख्यानकार अप्सरा लावती लगायत शोकाकुल परिवार जनमा यो वियोगको वेदनालाई सहन गर्ने साहस र धैर्यता उनै तागेरा निङ्वा भुमाङ्ले प्रदान गरुन भन्ने कामनाका साथ गहिरो समवेदना व्यक्त गर्दछौं।”

दिवंगत अनुप लिङदेन सफल व्याबसायी,साँस्कृतिक अभियन्ता र राजनितिक सचेतक हुनुहुन्थ्यो साथै सर्जक तथा आख्यानकार याक्थुङ् लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष अप्सरा लावतीको श्रीमान हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया