धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरी सहित प्रतिष्ठानका पदाधिकारीहरूलाई आन्दोलनरत चिकित्सक र कर्मचारीहरूले उपकुलपतिको कार्यकक्षमा थुनेका छन् ।

प्रतिष्ठानको बेथिति अन्त्यको लागि आन्दोलनरत संयुक्त सङ्घर्ष समितिले हिजोदेखि आफ्नो माग सम्बोधन नगरेको भन्दै रिले अनसन सुरु गरेको र आज साढे ३ बजे आन्दोलनरत पक्षलाई उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीको उपस्थितिमा वार्तामा बोलाइएको थियो ।

निकै लामो समय काठमाडौँ बसेर प्रतिष्ठान आइपुगेका उपकुलपति गिरीले आन्दोलनरत समूहलाई वार्तामा बोलाएपछि संयुक्त सङघर्ष समितिका सहसंयोजक डा विष्णु पोखरेलको नेतृत्वमा उपकुलपतिको कार्यकक्षमा प्रवेश गर्दा उपकुलपति मादक पदार्थ सेवन गरेको पाईएको आन्दोलनकारीहरुले बताएका छन।

बोली लर्वरिएकोले उनी मातेर कार्यकक्षमा आएको आन्दोलनकारीहरुले आरोप लगाएका छन । उपकुलपति मातेकोले गर्दा आजको वार्ता भाँडिएको अनसनमा रहेका एक जना चिकित्सकले बताए । मातेको अवस्थामा आइपुगेका उपकुलपति गिरी र अरू पदाधिकारीहरूलाई अहिले आन्दोलनकारीहरुले उपकुलपतिको कार्यकक्षमा थुनेर राखेका छन।

तपाईको प्रतिक्रिया