१७ डिसेम्बर २०२० हङकङ

हङकङमा मनोरञ्जनजन्य विभिन्न कार्यक्रम तथा फोटो पत्रकारिता गर्ने D2 entertainment ग्रुपले हङकङ आगलागीमा परि ज्यान गुमाउनु भएका शेर बहादुर गुरुङको अन्त्येष्टि कार्यक्रममा उपस्थित जनलाइ धन्यवाद ग्यापन गर्दै आफ्नो फेसबुक पेजमा २ सय जति तस्वीर राखेकोछ। उक्त पेजमा प्रकट गरिएको धन्यवादको विवरण यस प्रकार छ:

ब्रीटिस गोर्खा भुपु संघ हङकङ (British Gurkha Ex-Servicemen Association HK) का सचिव ईश्वर गुरुङ ज्युको शालो स्व. शेर बहादर गुरुङ ज्युको 15/11/2020 को दिन जोर्डन क्यान्टन रोड मा अवस्थित जिरेखुर्सानिमा रेष्टुरेन्टमा अचानाक लागेको भिषण आगोलागि घटना परि असामयिक निधन भएको थियो।

उक्त घटनामा जम्मा 8 जना व्यक्तिहरुले ज्यान गुमाउनु भएको थियो र ति मध्येमा एक स्व. शेर ब. गुरुङ पनि हुनुहुन्थ्यो।
उहि स्व. गुरुङ ज्युको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली तथा अन्त्येष्टिको लागि मिति 13/12/2020 को दिन हुङहाम स्थित G/F International Funeral Parlor Hung Hom मा पुष्पगुच्छा अर्पण सहितको श्रद्धाञ्जली शोक सभा पश्चात उहाँको पार्थिव शरीरको अन्त्येष्टि भने Chai Wan मा गरिएको थियो। हामि D2 E HK शोकाकुल परिवारमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरोस भन्दै मृत आत्माको चिरशान्तिको कामना गर्दछौ साथै परिवारजनहरु र हामि D2 E HK तर्फबाट उपस्थिति जनाउनु हुने सम्पुर्ण ईष्टमित्रहरु, छरछिमेकिहरु, आफन्तजनहरु सबैमा हार्दिक धन्यवाद छ, यस्तो दु:खद परिस्थितिमा पनि समय निकालेर आईदिनु भई हौसला प्रदान गर्नुभएकोमा पुन एकपटक धन्यवाद टक्रयाउदछौं।

तपाईको प्रतिक्रिया