सुरेश चाम्लिङ ,न्यु हेम्प्शायर, अमेरिका।
” हामी किरातीहरु प्रकृति पुजक भएकोले मानव सभ्यताको शुरुवात हाम्रो पुर्खाले गरेको हो । यो कुरा हामीले विश्व सामु राख्नु सक्नु पर्दछ ।” -डा पवन चाम्लिङ्ग
युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले किरात राईहरुको महान चाड उभौली साकेला २०२१ र किरात यले संवत ५०८१ को उपलक्ष्यमा जुम (zoom ) एप माध्यमद्वारा संसार भरीको किराती राईहरु बीच शुभ कामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकोछ।
कार्यक्रममा सिक्किमका पुर्व मुख्य मन्त्री डा. पवन चाम्लिङ्गले भन्नु भयो- विश्वले सामना गरी रहेको ग्लोबल वार्मिंग ,क्लाइमेट चेन्जले मानव अस्तित्व संकटमा परी रहेको छ। प्रकृतिको बिरुद्दमा मानव समुदाय लागेको हुनाले यो संकट आएको हो , हामी किरातहरुको धर्म, संस्कार, संस्कृती अनुसार प्रकृतीको पुजा गर्ने र यसको संरक्षण गर्ने भएकोले यसले नै मानव सभ्यताको बचावट गर्न सक्ने छ। यसलाई संसार कै मानिसले अनुशरण गर्नु जरुरी छ ।
किरात राईहरुको विविधतालाई एकता गर्नु अपरिहार्य छ त्यसको लागी आफु जुनसुकै समय पनी सहकार्य गर्नु तयार रहेको कुरा बताउनु भयो।
उक्त कार्यक्रमको बिशेष अतीथी संयुक्त राष्ट्र संघका लागी नेपालका स्थायी प्रतिनिधि राजदुत अमृत राईले साकेला अब अन्तर अन्तर्राष्ट्रियकरण भैसकेको छ यो गर्वको विषय हो भन्नु हुदै आफ्नो भाषा संस्कार संस्कृतीलाई विश्व भर फैलाउनु आजको आवश्यकता हो भन्नु भयो।
बिशेष अतीथी जर्मन स्थित नेपालका पुर्व राजदुत डा नोबल किशोर राईले साकेलाको उपलक्षमा शुभ कामना दिनु भयो।
अर्का बिशेष अतिथि किरात राई यायोख्खा केन्द्रिय समीतीको सभापती दिवश राईले किरात राईहरुको २८,३० भाषा छ। संसारमा एक जातीको यती धेरै भाषा भएको अन्य जाती नै छैन । हाम्रा पुर्खाहरुले सम्पदा र सभ्यताको विकास गरे, अहिलेको पुस्ताले यसलाई संरक्षण गर्नु जरुरी छ भन्नु भयो। यायोख्खाले संसारभरी नै र नेपालका गाउँ गाउँमा संजाल फैलाएको छ ,यसले सामाजिक रुपान्तरण र पहिचानको आन्दोलनलाई सघाउ पुरयाएको कुरा पनि उहाँले बताउनु भयो ।
कार्यक्रमको प्रमुख वक्ता गायक संगीतकार तथा किराती संस्कृतीविद जितेन राईले नेपालका राईहरुलाई दुख पर्दा अमेरिकाको राईहरुलाई दुख्नु पर्छ। सिक्किमका राईहरुले मल्हम पट्टि गर्नु पर्छ। संसारभरीको राईहरु जोडिनु पर्छ। संस्कार संस्कृतिले रसायनको काम गर्छ भन्नु भयो। उहाँले साकेला सिली मुन्धुम रिसियाको बारेमा लामो ब्याख्या समेत गर्नु भएको थियो।
बिशेष अतिथी फिपना अध्यक्ष लोक चेम्जोङ्गले शुभकामना मन्तब्य दिनु हुदै पहिचानको लागी सम्पूर्ण आदिवासी जनजातीहरु एकताबद्व हुन अपरिहार्य भएको कुरा बताउनु भयो ।
यसरि नै अर्का वक्ता अर्गनाइजेसनका संस्थापक अध्यक्ष शिब कुमार राईले सन २००३ सालतिर अमेरिकाको न्यु जर्सी राज्यमा एक राईनी चेली बितेको तर राईहरुलाई थाहा नभाकोले शेर्पा समुदायले दाह संस्कार गरेको खबर आयो त्यस पछि अमेरिका भरिको राईहरुलाई संगठित गरि यो संस्थाको स्थापना गरिएको कुरा बताउनु भयो।
अर्का वक्ता अर्गनाइजेसनका पुर्व अध्यक्ष बिष्णु राईले हामी किराती राईहरु अहिले संसारको हरेक कुना पुगेको छौं र अस्तित्व र पहिचानको खोजी गरि रहेको सन्दर्भमा बिविधतामा एकता राईहरुको बिशेषता हाम्रो मूल मन्त्र होस भन्नु भयो ।
अर्का वक्ता अर्गनाइजेसनका पुर्व सभापति मिलन राईले संसार भरीको राई हरुको एकताका लागि अन्तर्राष्ट्रिय नेटवर्किंग आवश्यकता छ।त्यसको लागि ग्लोबल अर्गनाइजेसन बनाउनु पर्छ भन्नु भयो।
उक्त कार्यक्रममा शुभकामना मन्तब्य दिनु हुनेहरुमा जनक राई महासचिव किराया केन्द्रिय समिति,पुर्व प्रहरी आइजी पी दुर्ज कुमार राई ,पुर्व एस एस पी तथा अधिवक्ता किवांग हाङ्ग राई,अभिनेता दया हाङ्ग राई,चलचित्र निर्माता निर्देशक युब राज राई,लगायतका व्यक्तित्वहरु हुनु हुन्थ्यो ।
यसरी नै किरात राई यायोखाका अन्य देश हरुको प्रतिनिधिहरु कल्पना राई युके ,मिलन राई बहराइन, मन्जित राई कुवेत, बिमल राई , एक राज राई कतार, कुमार साङ्गपाङ्ग राई इजरायल ,चन्द्र सांगपाङ्ग राई यु ए इ , रबिन थुलुङ्ग साउदी अरब, भिम राई मकाउ, यादब राई थाईल्याण्ड, पदम राई कोरिया लगायत हुनु हुन्थ्यो।
यसरी नै ज्ञान किराती बान्तवा खिम नेपाल, सक्कल बहादुर राई किरात, रदु नाछिरिंग साखाम नेपाल, राम राई,भारती राई किरात राई समाज अमेरिका, बिनिता खम्बु किरात राई खम्बु राई सास्कृतिक संस्थान दार्जिलिङ्ग भारत, मोहन दुङ्गमाली प्रमुख संरक्षक, पारुहांग साप्टेन माङ्गखिम सिक्किम भारत, निर्कु धन राई थुलुङ्ग राई संस्कृति प्रतिष्ठान नेपाल, बीबी बोक्दुंग राई सिक्किम भारत, योगेन्द्र राई, शशिचन्द्र राई र संजय राई किरात खम्बु राई सोसाइटी अस्ट्रेलिया, भूप राज राई पुर्व उपसचिव नेपाल, कुमारी कमला राई प्रधान अध्यापक जन कल्याण माबि काठमान्डू, कबि राज बान्तवा युनाइटेड एकेडेमी ललितपुर नेपाल हुनु हुन्थ्यो।
उक्त कार्यक्रमको स्वागत भाषण साकेला कार्यक्रम २०२१ को संयोजक तथा अर्गनाइजेसनका उपाध्यक्ष जी एस राईले गर्नु भएको थियो। सभा बिसर्जन गर्नु हुदै सभाको अध्यक्ष मुना राईले सबैलाई धन्यवाद दिनु भयो ।दुइ चरणको कार्यक्रमको संचालन केन्द्रीय महासचिव जय राई र न्यु इंग्ल्याण्ड च्याप्टर अध्यक्ष मुक्ती नारायण राईले गर्नु भएको थियो।