काठमाडौं। नेकपा एमालेले संगठित सदस्यता नविकरणदेखि पालिका अधिवेशनसम्मको समय निर्धारण गरेको छ । आज बसेको एमाले केन्द्रीय कमिटी बैठकले महासचिव इश्वर पोखरेलको प्रस्तावअनुसार यस्तो निर्णय लिएको हो ।

बैठकले असार मसान्तभित्र सदस्यता नबिकरण र केन्दीय बिभागलाई पूर्णता दिने निर्णय गरेको छ । यस्तै साउन ५ गतेसम्म केन्द्रमा सदस्यता बिबरण पठाउने र श्रावन २५ गते बिधान सम्मेलन गर्ने निर्णय बैठकले गरेको छ । यस्तै भाद्र ५ वडा अधिबेशन र १५ गते पालिकाको अधिबेशन गर्ने निर्णय बैठकले गरेको हो ।

एमालेले यसअघि नै मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । तर निर्वाचनको मिति जुध्न गएमा आगामी बैशाखमा महाधिवेशन गर्ने प्रस्ताव महासचिव इश्वर पोखरेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया