काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा हुने भएको छ । राप्रपा निर्देशन समितिको आज शनिबार बसेको बैठकले महाधिवेशनको मिति तय गरेको राप्रपा नेता राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकले महाधिवेशनको कार्यतालिका पारित गर्दै वडादेखि जिल्ला तहसम्मको निर्वाचन भदौ मसान्तसम्म सक्ने र सक्रियता सदस्यता वितरण असोज ७ गतेसम्म केन्द्रीय निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेश कार्य समितिको निर्वाचन असोज १५ गतेसम्म गरिसक्ने निर्णय समेत राप्रपाले गरेको छ ।

तपाईको प्रतिक्रिया