राप्ती नगरपालीका ३ चितवनबाट अपहरणमा परेकी भनीएकी युवती सुजिता भण्डारीको हत्याको बिषयलाई लिएर महिला सुरक्षा दवाव समुह केन्द्रीय कार्यलयले घटनाको सत्यतथ्य सहीत अपराधीलाई कानुनको दायरामा ल्याउन अपिल गरेको छ ।

असार ११ गते विहान ६ बजे साथीको घर जाने भनेर हिडेकी सुजिता सोही दिनदेखि हराईरहेकी थिईन । सोही दिनको १२ बजे विहान उनले दिदीलाई फोन गरेर आफु अपहरणमा परेको जानकारी दिइकी थिइन ।

घटनाको १० दिन बितिसक्दा पनि प्रहरीले वास्ता नगरेको तर सव फेला परेपछि भने अस्पताल लैजान लागेको देखेपछि आफन्त र स्थानीयले सडक अवरुद्ध गरी प्रदर्शन गर्दै आएका छन् ।

कोभिड–१९ को कारण लकडाउनमा लगातार महिला र बालिकामाथी मानसिक र शारिरिक हिंसा बढिरहेको छ । बलात्कार र हत्या जस्ता अपराधिक कार्यहरु दिनदिनै श्रृंखलाबद्ध रुपले घटिरहेछ ।

दबाब समुहले विज्ञप्तिमा भनेको छ सर्वसाधारण जनताको ज्यान र धनको सुरक्षाको प्रत्याभुति गर्न , गाऊघर, बस्ती र टोलटोलमा घुम्ती प्रहरी टोलीको समेत व्यवस्था गर्न सम्बन्धित निकाय ,प्रहरी प्रसासन एवं नेपाल सरकारलाई महिला सुरक्षा दवाव समूह जोडदार माग गरेको छ ।

तपाईको प्रतिक्रिया