अभ्लेट फुङ

यदि ईश्वरको अस्तित्व छ भने ईश्वरको लिङ्ग के हो ? ईश्वर महिला हो कि ? पुरुष हो कि ? वा के हो ? यो बिषयमा निरन्तर बहसहरु भईरहेका छन । कसैले ईश्वर महिला हो भनेर दाबी गरेका छन । कसैले ईश्वर पुरुष हो भन्ने दलिल दिएका छन। कसैले ईश्वर महिला पनि होईनन र पुरुष पनि होईनन भनेर जिकीर गरेका छन । तर अहिलेसम्म कसैले पनि ईश्वरको लिङ्ग यहि नै हो भनेर बैज्ञानिक रुपमा पुष्टि गर्न सकिरहेको छैन । किरात धर्म र ईस्लाम धर्म अनुसार — ईश्वर ( मुन्धुम ३, कुरान ११२ अध्याय, सुरा ईखलास ) निराकार छ । यसको अर्थ किरात धर्म र ईस्लाम धर्म ईश्वरको लिङ्गको सन्दर्भमा अनभिज्ञ छन ।

तर यो बिरोधाभास कुरा हो । किनकी ईश्वरको अस्तित्वको बोध गरेका छौ भन्नेहरुलाई ईश्वरको लिङ्गको बारेमा पनि बोध हुनु पर्ने हो । ईश्वरको लिङ्गको बारेमा प्रष्ट पार्न सक्नु पर्ने हो । तर किरात धर्म र ईस्लाम धर्मले ईश्वरको लिङ्गको बारेमा प्रष्ट पार्न सकेको छैन । त्यसकारण एकातिर ईश्वरको अस्तित्व छ भन्ने अनि अर्काेतिर चाहि ईश्वरको लिङ्गको बारेमा थाहा छैन भन्ने बिचार बिरोधाभास नभएर अरु के हो त ? तर क्रिश्चियन धर्मले ईश्वरको लिङ्ग छैेन भन्ने किराँत धर्म र ईस्लाम धर्मको बिचार लाई अस्विकार गरेको छ र क्रिश्चियन धर्मले किराँत धर्म र ईस्लाम धर्मको भन्दा फरक बिचार प्रस्तुत गरेको छ ।

क्रिश्चियन धर्म अनुसार — ईश्वर (बाईबल मत्ती २४ः३६,४२ ) पिता हो । क्रिश्चियन धर्म अनुसार ईश्वर पुरुष हो । तर क्रिश्चियन धर्मको ईश्वर पुरुष लिङ्गको हो भन्ने बिचार लाई स्वीकार गर्न सकिन्दैन । स्वीकार गर्न नसक्नुको पहिलो कारण भनेको ईश्वर पुरुष भएको देख्ने प्रत्यक्षदर्शी कोहि पनि छैनन् र प्रत्यक्षदर्शी कोहि पनि नभए पश्चात क्रिश्चियन धर्मले दाबी गरे जस्तो ईश्वर पुरुष नहुन पनि सक्छ । ईश्वर महिला पनि हुनसक्छ । ईश्वर लिङ्ग बिहिनको पनि हुनसक्छ । त्यसकारण क्रिश्चियन धर्मको ईश्वर पुरुष हो भन्ने बिचारलाई स्वीकार गर्न सकिन्दैन । स्वीकार गर्दा पनि कुन आधारमा स्वीकार गर्ने ?

दोस्रो कारण भनेको हाम्रो प्रबिधिहरुले ईश्वर पुरुष नै हो भनेर प्रमाणीत गरेको छैन । त्यसकारण क्रिश्चियन धर्मको ईश्वर पुरुष हो भन्ने बिचार लाई स्वीकार गर्न सकिन्दैन । र स्वीकार गर्दा पनि कुन आधारमा स्वीकार गर्ने ? तेस्रो कारण भनेको ईश्वरले मेरो लिङ्ग पुरुष हो भनेर घोषणा गरेको छैन त्यसकारण क्रिश्चियन धर्मको ईश्वर पुरुष हो भन्ने बिचारलाई स्वीकार गर्न सकिन्दैन स्वीकार गर्दा पनि कुन आधारमा स्वीकार गर्ने ?

हिन्दु धर्म अनुसार — ईश्वर (भागवत पुराण,१४५ ) ब्रम्हा , बिष्णु र शिब हुन। यसको अर्थ ईश्वर पुरुष हो । तर हिन्दु धर्मको ईश्वरको लिङ्ग पुरुषको हो भन्ने बिचारसँग सहमत हुन सकिन्दैन र त्यसरी सहमत हुन नसक्नुको पहिलो कारण भनेको ईश्वरको लिङ्ग पुरुषको भएको देख्ने प्रत्यक्षदर्शी कोहि पनि छैनन। प्रत्यक्षदर्शी कोहि पनि नभए पश्चात ईश्वर महिला पनि हुन सक्छ । ईश्वर लिङ्ग बिहिनको पनि हुन सक्छ । त्यसैले ईश्वर पुरुष हो भन्ने बिचार लाई स्वीकार गर्न सकिन्दैन । स्वीकार गर्दा पनि कुन आधारमा स्वीकार गर्ने ? दोस्रो कारण भनेको हाम्रो प्रबिधिहरुले ईश्वर पुरुष नै हो भनेर पुष्टि गरेको छैन । त्यसकारण ईश्वर पुरुष हो भन्ने बिचारलाई अन्तिम सत्यको रुपमा स्वीकार गर्न सकिन्दैन स्वीकार गर्दा पनि कुन आधारमा स्वीकार गर्ने ? तेस्रो कारण ईश्वरले म पुरुष हुँ भनेर कहि पनि घोषणा गरेको छैन । त्यसकारण ईश्वर पुरुष हो भन्ने बिचारलाई सत्यको रुपमा स्वीकार गर्न सकिन्दैन स्वीकार गर्दा पनि कुन आधारमा स्वीकार गर्ने ?

मुलत : हामीले ईश्वर कुन लिङ्गीे हो भनेर बहस गर्नुको कुनै औचित्य नै छैन । यो समयको बर्बादी मात्रै हो । हामीले कहिले पनि यो प्रश्नको बैज्ञानिक जवाफ दिन सक्दैनौ । त्यसरी जवाफ दिन नसक्नुको पहिलो कारण भनेको हामी मानवजातीहरु ईश्वरको लिङको प्रत्यक्षदर्शी होईनौ । त्यसकारण हामीले ईश्वर पुरुष हो भन्ने बिचारको , ईश्वर महिला हो भन्ने बिचारको , ईश्वर लिङ्ग बिहिनको हो भन्ने बिचारको पुष्टि गर्न सक्दैनौ । पुष्टि गर्दा पनि कुन आधारमा गर्ने ? हामीसंग ईश्वर पुरुष हो भन्ने बिचारको , ईश्वर महिला हो भन्ने बिचारको र ईश्वर लिङ्ग बिहिनको छ भन्ने बिचारको पुष्टि गर्ने प्रबिधिहरु छैनन त्यसकारण हामीले ईश्वर पुरुष हो भन्ने बिचारको, ईश्वर महिला हो भन्ने बिचारको र ईश्वर लिङ्ग बिहिनको हो भन्ने बिचारको पुष्टि गर्न सक्दैनौ । पुष्टि गर्दा पनि कुन आधारमा गर्ने ? तेस्रो कारण ईश्वरको अस्तित्व छ कि छैन भन्ने कुराको पुष्टि भईसकेको छैन । त्यसैले ईश्वर महिला हो , पुरुष हो वा ईश्वर लिङ्गबिहिनको हो भनेर बैज्ञानिक रुपमा पुष्टि गर्न सकिन्दैन । पुष्टि गर्दा पनि कुन आधारमा गर्ने ?

त्यसकारण ईश्वरको लिङ्गको सन्दर्भमा ब्रम्हाण्ड बोल्नुपर्छ तर मान्छेहरुले तर्क गर्छन कि ब्रम्हाण्ड निर्जीब हो । त्यसैले ब्रम्हाण्डले ईश्वरको लिङ्ग बिषयमा कसरी बोल्न सक्छ ? तर ईश्वरको अस्तित्व ब्रम्हाण्डमा कहि छ भने ब्रम्हाण्ड ईश्वरको लिङ्गको प्रत्यक्षदर्शी हो र यदि ईश्वरको अस्तित्व ब्रम्हाण्डमा कहि पनि छैन भने त्यसको प्रत्यक्षदर्शी पनि ब्रम्हाण्ड हो । त्यसकारण यदि ब्रम्हाण्डले ईश्वरको लिङ्गको सन्दर्भमा बोलेन भने कसले चाहि बोल्छ त ? निश्चित रुपमा ब्रम्हाण्ड बोल्नुपर्छ ।

तपाईको प्रतिक्रिया