संखुवासभाको तीनवटा स्थानीय तहका सरकारी विद्यालयहरुमा मातृभाषा शिक्षाको रुपमा लोहोरुङ राई भाषा लागू गर्नका लागि कक्षा १ को पाठ्यपुस्तक ‘लोहोरुङ’ निर्माण गरिएको छ ।

लोहोरुङ राई समाजले निर्माण गरेको पाठ्यपुस्तक संखुवासभास्थित खाँदबारी नगरपालिका, सभापोखरी गाउँपालिका र चिचिला गाउँपालिकाका विद्यालयहरुमा लागू गरिनेछ ।

लोहोरुङ राईहरुको मुख्य बसोबास संखुवासभाको तीनवटा स्थानीय तहमा मात्र छ । लोहोरुङ राई समाजले स्थानीय तहहरुसँग समन्वय गरी सरकारी विद्यालयहरुमा लोहोरुङ भाषाको पाठ्यपुस्तक लागू गर्नेछ ।

पुस्तकका लेखक दिवस लोहोरुङ राईले स्थानीय तहहरुसँग समन्वय गरेर विद्यालयहरु छनोट गरी लोहोरुङ भाषाको पढाइ सुरु गरिने बताए । स्थानीय तहहरुको आर्थिक सहयोगमा लोहोरुङ राई समाजले तयार पारेको यो पाठ्यपुस्तक मातृभाषा विषयको रुपमा तयार पारिएको हो ।

पाठ्यपुस्तक तयार पार्नका लागि लोहोरुङ राई समाजलाई प्रा।डा। तारामणि राईले प्राज्ञिक सहयोग गरेका थिए । २८ वटा भाषिक राईहरुमध्ये लोहोरुङ राई कम जनसंख्या रहेको राईभित्र पर्दछन् । २०६८ सालको जनगणना अनुसार नेपालमा लोहोरुङ भाषाको वक्ता ३ हजार ७१७ छ ।

तपाईको प्रतिक्रिया