काठमाडौँ – नेपाल आयल निगमले डिजेल, पेट्रोल, एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको छ । निगम सञ्चालक समिति बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो । यस्तै एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ र आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएको छ ।

मूल्य बढेसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ पुगेको छ । आन्तरिक तर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ८४ रुपैयाँ पुगेको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य एक हजार ४२५ पुगेको छ । यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

तपाईको प्रतिक्रिया