रतुवामाई मोरङ । दक्षिणपूर्वी मोरङको रतुवामाई –४ कटघराका ६९ वर्षीय बादल गिरी दुई वटै खुट्टा नभएपनि आफ्नै श्रमले जीवन बाचीरहेछन् ।

४५ वर्षदेखि तरकारी ब्यापार गर्दै आएका गिरीको २५ वर्ष अघि २०५१ सालमा दुबै खुट्टामा खटिरा निस्क्यो र त्यही खटिरा बढ्दै बढ्दै जाँदा त्यसकै कारणले दुबै खुट्टा गुमाउनु परयो ।

गिरीको दैनिक ब्यापार ४ / ५ हजार सम्म हुन्छ । मौसम अनुसारका तरकारीहरूको ब्यापार गर्ने गिरी दैनिक ५ सय रुपियाँ नाफा हुने दक्षिणाी मोरङका आमबारी, शनिश्चरे, डाइनियाँ लगायतका बजारमा तरकारी ब्यापार गर्छन् ।

समाजमा र छरछिमेकहरुबीच सम्मानित जीवन बाचीरहेका गिरी गरिखान हिम्मत र लगनशिलता चाहिन्छ भन्ने एक सफल उदाहरण बनेका छ्न।

तपाईको प्रतिक्रिया