सामाजिक कुरितीका रुपमा रहेको छाउपडी प्रथा अर्थात महिनावारी नबार्ने डोटीका १४ जना महिलाहरु विहीबार सम्मानित भएका छन् ।
पूर्वीचौकी गाउँपालिका डोटीले गाउँपालिकाभित्रका ७ वटै वडाबाट २-२ का दरले १४ जना छाउ नबार्ने महिलाहरुलाई सम्मान गरेको हो ।
रुढीवादी परम्परा, सामाजिक कुरिती एवं गलत अभ्यासका रुपमा स्थापित छाउपडी प्रथालाई तोड्नका निम्ति आम समुदायलाई प्रेरित गर्न छाउ नबार्ने महिलालाई सम्मान गरिएको पूर्वी चौकी गाउँपालिकाको अभियान अन्तर्गत यो सम्मान गरिएको हो ।

गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार कार्यविधि बनाएर ति महिलालाई सम्मान गरिएको उनले बताए । सामाजिक कलङ्कका रुपमा रहेको छाउपडी प्रथाका कारण महिला दिदिबहिनीहरुको शारीरिक, मानसिक, सामाजिक लगाएतका सबै पक्षमा नकारात्मक असर पर्ने हुँदा यस्ता गलत अभ्यास चिरेर समाजमा उदाहरणीय बन्दा राज्यले सम्मान गर्ने रैछ भन्ने सन्देश दिन छाउ नबार्ने महिलाहरुलाई सम्मान गरेको अध्यक्ष दीर्घराज बोगटीले बताए ।

गाउँपालिकाको महिला तथा बालबालिका शाखा अन्तरगत उनिहरुलाई नगद रु ५ हजार, प्रमाण पत्र र दोसल्लाले सम्मान गरिएको हो।
यसैबीच सोही सम्मान कार्यक्रमबाट पूर्वीचौकी गाउँपालिकाले ८० वर्षभन्दा माथिका गाउँपालिकाका विभिन्न ठाउँका १४ जना जेष्ठ नागरिकहरुलाई पनि नगद तथा प्रमाण–पत्र सहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया