आज सम्म मानिससँग जोडीएका अपराध प्रहरी तथा अदालतको बारेमा सुनेकै छौ तर एउटा कुखुराको भालेलाई आफ्नो मालिकको ज्यान लिएको अभियोगमा पक्राउ गर्ने भएको छ ।

कुखुरा नै मालिकको हत्यारा भएको प्रहरीको आरोप छ ।वास्तवमा कुखुराले अन्जानमा गरेको गल्तीले मालिकको ज्यान गएको हो । घटना भारतको तेलगंगाको हो । लथुनर गाउँमा भएको घटना पछि कुखुरालाई प्रहरीले अदालतमा पेश गर्ने जनाइएको छ ।

प्रहरीले भने भाले अपराधि भएपनि पक्राउ गर्ने बारेमा नसोचेको बताइरहेको छ । २२ फरबरीमा दुईटा भाले जुधिरहेका थिए । सोही क्रममा एउटा आफ्नै भालेको खुट्टटामा बाधिएको चक्कुले मालिकको कम्मरको तल्लो भागमा चोट लागेको थियो ।चक्कुको प्रहारबाट घाइते भएका मालिकको उपचारको क्रममा निधन भएको हो ।

उनलाई अस्पताल लगिएपनि बाचेनन् ।तेलगंगामा कुखुराको लडाई गर्न प्रतिवन्ध गरिएको छ । निषेध हुदाँहुँदै पनि केही मानिसहरु लुकेर भाले जुधाई गर्दै आएका थिए । अब भालेलाई अदालतमा पेश गर्ने भनिएको छ ।

एक रिपोर्टको अनुसार ४५ वर्षीय थानुगुल्ला सतीशले प्राय भालेको खुट्टामा एक विशेष प्रकारको चक्कु बाधिदिएका हुन्थे । त्यसैक्रममा गल्तीले कुखुराको भालेको चक्कु सतिश तिरै तेर्सिएको थियो । चक्कुले काटेपछि उनको शरीरबाट धेरै रगत बगेको थियो ।

तपाईको प्रतिक्रिया