न्यु हेम्प्शायर , अमेरिका। सुरेश चाम्लिङ ।

हाल अमेरीका भ्रमणमा रहनु भएका राष्ट्रिय आविष्कार  केन्द्रका निर्देशक महाबीर पुनलाई अमेरिकामा रहनु भएका नेपालीहरुबाट आर्थिक सहयोग  र राहत सामग्री प्रदान गरिएको छ। उक्त आर्थिक सहयोग बिशेष गरेर नेपालका विद्यमान कोरोना पिडितहरुलाई  सहयोग पुरयाउने उदेश्यले  संकलन  गरिएको कुरा युनाईटेड  किरात राई अर्गनाइजेसन अफ अमेरिकाका अध्यक्ष मुना राईले बताउनु भएको छ।

बिभिन्न संघसंस्था र व्यक्तिगत रुपमा रकम संकलन गरिएको भएता पनि अर्गनाइजेसनका एक सदस्य  युवा अमेरिकन सेनामा कार्यरत सुप्रेम राईले गो फण्डबाट $ २,०२१ डलर सहयोग गरेकाछ्न र युनिभर्सिटीमा अध्ययनरत अर्गनाइजेसन एक  सदस्य  युवती अबृता कुथुमिले मोमो बनाएर  बिक्रि गरी उक्त रकमबाट आएको रकम नेपाल पठाईएको   कुरा अर्गनाइजेसनका न्यु योर्क च्याप्टर सभापति केशब राम राईले जानकारी दिनु भयो ।

ग्रेटर न्युयोर्क नेपाली टिम भनेर आयोजना गरिएको एक कार्यक्रममा बिभिन्न  व्यक्ति र संघसंस्थाबाट लगभग ६५ हजार डलर उठेको छ। महाबिर पुन आफ्नो  गुरुको नीधनमा शोक सभामा सहभागी हुन अमेरीका भ्रमणमा आउनु भएको बेला २५ भन्दा बढी राज्यहरुमा लगभ ५० भन्दा बढी कार्यक्रममा सहभागी हुनु भएको र त्यसमा  ३ करोड डलर  बराबरको रकम र ३ करोड डलर भन्दा बढीको सहायता सामग्रीहरु संकलन गरिएको स्रोतले जनाएकोछ ।

तपाईको प्रतिक्रिया