काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सोमबारको सर्वोच्च अदालतको फैसलाप्रति विमति जनाउँदै ‘सर्वोच्चमा गोरु ब्याएको’ टिप्पणी गरेका छन् ।

सर्वोच्चले सोमबार प्रतिनिधिसभा विघटनलाई पुनःस्थापना गरेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सर्वोच्चको फैसलाले देशमा जटिलता उत्पन्न भएको र देश अस्थिरतामा फस्ने खतरा रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्, ‘वरिष्ठ राजनीतिज्ञ स्व‍. राजेश्वर देवकोटाको शब्द सापटी लिएँ, ‘सर्वोच्च अदालतमा आज गोरु ब्यायो ।’

तपाईको प्रतिक्रिया