काठमाडौं । एमाले कार्यकर्ताले केही बेरअघि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको पुत्ला जलाएका छन् ।

संसद विघटन बदर तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसहितको सर्वोच्चको फैसलाको विरोध गर्दै अहिले साँझ काठमाडौंको बानेश्वरमा भेला भएका एमाले कार्यकर्ता तथा भ्रातृ संगठनका युवाहरूले प्रधानन्यायाधीशको पुत्ला जलाएका हुन् ।

आदेशको लगत्तै युवा नेता महेश बस्नेतको आव्हानमा युवा संघले प्रदर्शन गरेको थियो । बस्नेतले सो क्रममा प्रधानन्यायाधीश आफैं प्रधानमन्त्री बन्ने डिजाइनका साथ सेटिङमा यो फैसला आएको टिप्पणी गरेका थिए ।

तपाईको प्रतिक्रिया