काठमाडौं । ॐ समाज डेन्टल अस्पताल काठमाडौंले कुनै पनि प्रकारको दन्त उपचार सेवामा एकल महिलालाई छुट दिने भएको छ ।

मानव अधिकारको लागि महिला एकल महिला समूह (WHR) का सदस्य, एकल महिलाहरूलाई सबै प्रकारको दन्त उपचारमा ३० प्रतिशत छुट उपलब्ध गराउने भएको हो ।

२०७८ असार २१ गते मानव अधिकारको लागि महिला एकल महिला समूहका अध्यक्ष कुन्दा शर्मा र ॐ समाज डेन्टल अस्पतालका अध्यक्ष डा. सुवास घिमिरेबीच भएको सम्झौता २०८५ श्रावण १ गतेसम्म लागु रहने उल्लेख छ ।

यसबाहेक समूहले आर्थिक अवस्था निकै कमजोर रहेका, पैसा तिरेर उपचार गर्न नसक्ने एकल महिलालाई लिखित पत्रसहित सिफारिस गरेमा निःशुल्क वा छुटमा थप हेरफेर गर्न सकिने पनि उक्त सम्झौता पत्रमा उल्लेख छ ।

ॐ समाज डेन्टल अस्पतालका अध्यक्ष डा. सुवास घिमिरेले पैसाको अभावमा कोही पनि एकल महिलाले दाँतको समस्या झेल्नु नपरोस् भन्ने उद्देश्यले अस्पतालले यो काम गर्न लागेको बताए ।

तपाईको प्रतिक्रिया