काठमाडौं । हुन त मधेशवादी दल फुट्न आइतबार कुर्नु पर्दैन । चाहे सत्तामा जान होस या आफ्नै दलको नेतालाई ठिक पार्न, मधेशवादी दल क्षणभर मै फुटेका नजिर छन । जसपाको महन्थ ठाकुर पक्षका पाँचजना सांसद उपेन्द्र यादव पक्षको बैठकमा सहभागी भएको विषयले आज दिनभर चर्चा पायो । पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगमा चलिरहेका बेला जसपाका दुवै पक्ष विभाजनको लागि तयार भइसकेका छन ।

यसअघि ठाकुर पक्षमा रहेका प्रमोद साह,अमृता अग्रहरी, रानी मण्डल,नरमाया ढकाल र रुही नाज शनिवार उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकमा सहभागी भएका हुन ।

जसपाका ३२ जना सांसदमध्ये यसअघि ठाकुर पक्षमा २० जना थिए । पाँच जनाले उपेन्द्र यादव समूहलाई साथ दिएपछि अब संसदीय दलमा पनि यादव पक्ष १२ बाट १७ मा पुगेसँगै वहुमत भएको छ ।

महन्थ ठाकुरले लोकतन्त्रको हत्या गर्न खोजेकाले आफूहरु यादव पक्षमा लागेको सांसद साहले बताए । ठाकुर पक्षका पाँच सांसद अहिले आफ्नो समूहको बैठकमा सहभागी भएको जसपा नेता इस्तियाक राईले बताएका छन ।

तपाईको प्रतिक्रिया