धरान / पुर्वको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस पुर्वान्चलको आयोजक संस्था सिल्भर इन्टरटेनमेन्टले हरेक बर्ष निकाल्दै आएकोक्यालेन्डर ढिलोगरि सार्वजनिक गरेको छ।
कोभिडको कारण कुनै कार्यक्रम बिनानै सार्वजनिक गरिएको मिस पुर्वान्चल क्यालेन्डर २०७८ मा मिस पुर्वान्चल २०१९ का बिजेता रिजु भट्टराई , फर्स्ट रनर अप एन्जल राई र सेकेन्ड र
नरअप सिम्रन लिम्बु र प्रतियोगीहरु अनुशा लिम्बु र शशी बिशंखेको तस्बिरहरु संग्रहित छन्। ईमी मेकअप स्टुडियोको मेकअप र मिलान्ज स्टोर ,ड्रेसेसरिज नेपाल , पुर्बेली ढाका टोपी ट्रेडर्स र ग्रेसियस बुटिकका बिभिन्न पहिरनमा सजिएका र फोटोग्राफर रोजेश शाक्यको फोटोग्राफी रहेको मिस पुर्वान्चल क्यालेन्डर २०७८ मा १२ महिनामा १२ वटा मोडलिंग फोटोहरु संग्रहित छन्।
कोभिडको महामारीले बैसाख महिना बाट भएको निषेधाज्ञाको कारण ढिलो निकालीएको क्यालेन्डर गत बर्ष पनि कोभिडको महामारीको कारण भएको लकडाउन ले गर्दा निकालिएको थिएन। यो बर्ष भने निरन्तरताको लागि भएपनि क्यालेन्डर निकालिएको आयोजकले जनाएको छ। २०७६ पौष ५ मा आयोजित मिस पुर्वान्चलको दसौं संस्करण पछि कोभिडकै कारणले गत बर्ष पनि आयोजना हुन नसकेको मिस पुर्वान्चल यो बर्षपनि अनिश्चित नै छ। लामो समय लगाएर गर्नुपर्ने कार्यक्रम भएकोले स्थिति सामान्य भए मात्र कार्यक्रम आयोजना गरिने आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ।











