अभिनेत्री शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रा पक्राउ परेका छन । उनलाई मुम्बई प्रहरीले पक्राउ गरेको हो । कुन्द्रालाई अश्लील चलचित्र (पोर्नोग्राफी कन्टेन्ट) बनाएको तथा त्यसलाई प्रसारित गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ । उनिमाथि अभियोग दर्ता गरिएको प्रहरीको भनाइ छ ।

आज तकका अनुसार यो मामिलामा कुन्द्रा दोषी प्रमाणित भए उनलाई केही वर्षको जेल सजयासमेत हुन सक्छ । बिजनेशम्यान कुन्द्रालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । यो अभियोगमा कुन्द्रासहित नौ जना पक्राउ परेका छन् ।

लाइभहिन्दूस्तान डटकमका अनुसार प्रहरीले कुन्द्राविरुद्ध पर्याप्त सबुत रहेको जनाएको छ । अनुसन्धानपछि कुन्द्रालाई गिरफ्तार गरिएको, यो मामिलामा उनी मुख्य दोषी रहेको तथा यसको पर्याप्त सबुत आफूहरूसँग भएको प्रहरीले जनाएको छ । एजेन्सी

तपाईको प्रतिक्रिया