पछिल्लो दुई साता नेपाली महिलाको ऐतिहासिक आन्दोलन कृतिको महिला अधिकारको क्षेत्रमा चासो राख्ने जमातबीच व्यापक चर्चा परिचर्चा भयो । आ आफ्नो क्षेत्रमा क्रियाशिल एकचालीस महिलाहरुले महिलाले पुर्याएको ऐतिहासिक पृष्ठभुमीलाई समेटेर लेखेको लेख समेटिएको छ । पुस्तकले भावी पुस्ताको निम्ति नेपाली महिलाले समाजको विभिन्न क्षेत्रमा पुर्याएको योगदानलाई बुझ्न महत्त्वपूर्ण स्रोतको भुमिका खेल्ने छ ।

२०४ यताको सम्पुर्ण ईतिहास समेटिएको यस पुस्तकमा सामाजिक राजनैतिक आर्थीक शैक्षिक लगायत मुख्य पन्ह्र क्षेत्रलाई समेटेको छ । यस पुस्तकलाई प्रकाशनमा ल्याउने सस्था एसियामै फरक संरचनागत भुमिका र ईतिहास बोकेको सस्था महिला सुरक्षा दवाब समुह नेपाली महिलाहरूको फरक इतिहास बोकेको सञ्जाल हो जसले सबै पार्टी सामाजिक संघ–संस्था र स्वतन्त्र रुपमा काम गरिरहेको समाजको अग्रणी महिलालाई समेटेको छ । २०४९ सालमा सात वर्षकी बालिकाको बीभत्स बलात्कार पछि घटना विरुद्ध संघर्ष गर्दागर्दै स्वार्गीय साहना प्रधानको नेतृत्वमा स्थापीत यो सस्था महिला अधिकार र शसक्तीकरणको क्षेत्रमा नेपालमा कार्यरत सस्थाहरु मध्ये अग्रणी सस्था हो । यस अघि कहिल्यै महिलाको बिषयमा एउटै पुस्तकमा समेटिएर प्रकाशनमा नआउनाले पनि यो पुस्तक महत्वपूर्ण छ ।

पुस्तकमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रशासन, सुरक्षा, कानुन, शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक र विकास सँगसँगै धर्म, संस्कृति, साहित्य, सञ्चार, संगीत, कलादेखि खेलकुद ,मधेशी, जनजाति, दलित, मुस्लिम, लैंगिक तथा यौनिक अल्पसंख्यक लगायत महिलाहरूको सघर्ष समेटिएको छ समग्रमा यो किताब नेपाली महिलाले आफ्नो अधिकार प्राप्तिको निम्ति हिजोको दिनमा गरेको सघर्ष र हासिल गरेको उपलब्धिको दस्तावेज हो ।

तपाईको प्रतिक्रिया