काठमाडौं । प्रसिद्ध कलाकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य उत्तम नेपालीको ८५ बर्षको उमेरमा निधन भएको छ ।

मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा बुधबार बिहान ४ बजे उहाको निधन भएको कलाकार नविन्द्रराज भण्डारीले बताउनुभयो ।

उहाँ नेपाली अमूर्त कलाका सिद्धहस्त कलाकार हो । उहाँ केही दिनदेखि मुटुको समस्याको कारण उपचाररत हुनुहुन्थ्यो उहाँको दुई छोरीहरू छन् ।

तपाईको प्रतिक्रिया