काठमाडौँ । बेलायतमा भुतपुर्ब गोर्खाहरुले साउन ६ गते देखि भोक हडताल सुरु गरेका छन। आफ्ना अधिकार बेलायत सरकारले बर्षौ हुदा पनि पुरा नगरेको र भुतपूर्व बृटिश गोर्खा आर्मीहरुमाथी भएको असमान व्यवहारको बिरोधमा समानताको माग राख्दै आन्दोलनमा उत्रीएका हुन।

बेलायतको बिभिन्न सडकहरु परिक्रमा गर्दै बेलायती प्रधानमन्त्रीको कार्यलय घेराउ गरेका छन। बिगतमा जस्तै बेलायतले पटक पटक बार्ता टोली बस्दै आएको तर आफ्ना मुद्दाहरु सुनुवाइ नगरेको अध्यक्ष कृष्ण कुमार राईले बताउनुभयो। यता नेपाल सरकारसंग पनि पटक पटक भुतपुर्ब गोर्खाहरुको आफ्ना मुद्दाहरु पहल गरिदिन माग गरे पनि नेपाल सरकारले हेर्छौ, गर्छौमा टारिएको भुतपुर्ब गोर्खाहरुको आरोप रहेको छ।

‘नेपाललाई खरबौ रेमिट्यान्स भित्र्याउने गोर्खाहरुको मुद्दा तरुन्त समाधान गर्नुपर्छ ‘भुतपुर्ब गोर्खाको संस्था सत्याग्रह संघर्ष समितिको आक्रोस सहितको अनुरोध रहेको छ।

त्रिपक्षिय सन्धि अनुसार बेलायत आर्मीमा पठाएको आफ्नै जनता, भुतपुर्ब गोर्खाले थिचोमिचो भयो भन्दा नेपालको परराष्ट्र मन्त्रालय किन खुट्टा कमाऊछन? भुतपूर्व बृटिश गोर्खाका एक अधिकारी थप्छन।

आजदेखि बेलायतमा भुतपुर्ब गोर्खाहरु बेलायती प्रधानमन्त्रीको कार्यलय आगाडी अनिश्चितकालिन भोक हडताल गर्दै छन। जबसम्म भुतपुर्ब गोर्खाहरुको मुद्दामा बार्ता टोलि बन्दैन तबसम्म भोक हडताल बन्द नहुने सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक कृष्ण बहादुर राइको दाबी रहेको छ । भोक हडतालमा ज्ञानराज राई ,पुष्पा घले र धन बाहादुर गुरुङ बस्ने भएकाछ्न ।

तपाईको प्रतिक्रिया