काठमाण्डाै – क्रिसमस र नयाँ वर्षमा हुने भिडभाडलाई लक्षित गर्दै इटलीमा देशव्यापी लकडाउन घोषणा भएको छ ।

क्रिसमस र नयाँ वर्षको अवसरमा हुने भिडभाड र सार्वजनिक समारोहका कारण कोरोना भाइरसको महामारी झनै बढ्न सक्ने भन्दै इटलीमा देशव्यापी लकडाउनको घोषणा भएको बीबीसीले जनाएको छ । डिसेम्बर २४ तारिखदेखि इटलीमा रेष्टुरेन्ट बन्द हुने भएका छन् भने अत्यावश्यक बाहेकका पसल पनि खोल्न पाइने छैन। यस्तै भिडभाड पूर्ण रुपमा निषेध गरिएको छ ।

घरबाहिर निस्किएका नागरिकले पुलिसलाई कारण बताउनुपर्नेछ । यस्तै २ जना भन्दा धेरै पाहुना घरमा बोलाउन पाइने छैन । राति १० बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाइनेछ । इटलीका प्रधानमन्त्री ग्युसेप कोन्टेले लकडाउनको निर्णय अप्रिय भएपनि यसको विकल्प नभएको बताउनुभएको छ ।

इटलीमा युरोपकै धेरै ६८ हजार जनाको ज्यान गइसकेको छ । क्रिसमस र नयाँ वर्षलाई लक्षित गर्दै युरोपका कयौँ देशले लकडाउन घोषणा गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया