२० डिसेम्बर २०२० हङकङ ।क्रान्ति सुब्बा ।

हङकङ सरकारले डिसेम्बर ११ तारीखबाट लागु हुने गरि महामारीबिरोधि नियम भंग गर्नेलाई तोकिएको निश्चित जरिवाना हङकङ डलर २,००० लाई बढाएर ५,००० बनाएको थियोे । यो नियम लागू भएको हप्ता दिन भन्दा बढी भैसकेको स्थितिमा जम्मा २०० जनालाई जनही ५,००० हङकङ डलर जरिवाना भैसकेकोछ।

सरकारी तथ्यांक अनुसार सार्वजनिक स्थानमा दुई जना भन्दा बढी भेला हुन नपाउने नियम तोडेकोमा डिसेम्बर ११ तारीख ४९ र मास्क नलाएकोमा ४ जनालाई प्रहरीले ५,००० को दरले जरिवाना जारी गरेकोछ। १२ डिसेम्बर उप्रान्त प्रहरी र स्वच्छ खाद्य तथा वातावरण बिभागले क्रमशः ८४१ र ९७२ स्थानमा निरिक्षण गरि प्रहरीको तर्फबाट ८८ र खाद्य बिभागबाट ५ वटा मौखिक वार्निङ जारी भैसकेको छ।

स्मरणीय छ,अधिकतम २ जनाभन्दा बढी सार्वजनिक स्थानमा भेला हुन नपाइने नियम डिसेम्बर २३ सम्म लागू छ। दाह संस्कार बाहेक अन्य कुनै पनि धार्मिक क्रियाकलाप गर्न पाइन्न । स्थानीय पर्यटन समूहले पनि आफ्नो क्रियाकलाप गर्न मनाहिछ।

मनाही गरिएको सामुहिक भेलामा भाग लिएमा ,सामुहिक भेला आयोजना गरेमा ,सामुहिक भेला संचालन ,आयोजना, नियन्त्रण गरेमा, भेला हुने स्थान प्रदान गरेमा र जसले जानीजानी जमघट गर्ने अनुमति दिएमा प्रचलित नियमको वर्खिलापमा गएको मानिनेछ र यस्तो कसुर गर्नेलाई अधिकतम जरिवाना हङकङ डलर २५,००० र ६ महिना जेल सजाय हुनेछ। जमघटमा भेला हुने व्यक्तिलाई $५,००० फिक्स जरिवाना हुनेछ।

मास्क अनिवार्य लाउनु पर्ने विषयमा प्रहरीले ७२५ वटा केस फेला पारी १०० वटा मौखिक चेतावनी र २८ वटा फिक्स फाइन जारी गरिसकेको छ। खाद्यान्न तथा वातावरण बिभागले १००,००० वटा केस फेला पारी २३३ वटा मौखिक चेतावनी र ११ वटा फिक्स फाइन चलान गरिसकेको छ।

मास्क अनिवार्य लाउनु पर्नेछ सार्वजनिक स्थल बाहिर र भित्र ,सार्वजनिक यातायात चढ्दा ।

अहिलेसम्ममा ९०% जरिवाना प्रहरीको हातबाट दिएको देखिन्छ । १९ डिसेम्बरको बिहान सम्मको आकडा अनुसार हङकङ भरिका विभिन्न डिपार्टमेन्टहरुमा ७००,००० चोटि छापा मारी १००,००० वटा चेतावनी , ७,५८८ वटा निश्चित जरिवाना र ७२ वटा कार्बाही सप्पन्न भैसकेको छ। मास्क अनिवार्य लाउने आदेशको बारेमा भने हङकङका विभिन्न डिपार्टमेन्टमा करिब २५ लाख चोटि नीग्रानी गरि १९०,००० वटा मौखिक वार्निङ ,१,१६८ वटा निश्चित जरिवाना र ४० वटा कार्वाही सम्पन्न भैसकेकोछ। ती मध्येमा प्रहरीबाट ७१७ वटा जरिवाना र १५ वटा कार्वाही भएका छ्न भने खाद्यान्न बिभागबाट ४४९ निश्चित जरिवाना र २१ कार्वाही भएकाछ्न । डिसेम्बर १७ तारीखसम्ममा प्रहरीले ७,५३० वटा निश्चित जरिवानाको केसलाई सम्हालेको छ। जसमध्ये बाट ६,२०१ जनाले जरिवाना तिरी सकेका छ्न।

तपाईको प्रतिक्रिया