काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी ५ महिनामा करिब २ लाख कोरोना संक्रमित थपिने प्रक्षेपण गरेको छ ।

आज बिहीबार प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखाले यो तथ्यांक प्रस्तुत गरेको हो ।

महाशाखाका प्रमुख डा. गुणराज लोहनीले मसिंरसम्ममा १ लाख ९३ हजार ८ सय ५६ संक्रमित थपिने सम्भावना रहेको बताए । ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने र ९ हजार ६ सय ९३ जनालाई सघन उपचार आवश्यकता पर्न सक्ने सम्भावना रहेको प्रक्षेपणमा जनाइएको छ ।

साउनमा ५३ हजार ३ सय ७, भदौमा ४५ हजार ७ सय २६, असोजमा ३८ हजार ५ सय ९७, कात्तिकमा ३१ हजार ४४ र मसिंरमा २५ हजार १ सय ८३ संक्रमित थपिने मन्त्रालयले जनाएको छ । पछिल्लो समय तेस्रो लहर फैलिने सम्भावना रहेकाले स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने जनस्वास्थ्यविद्हरूको सल्लाह छ ।

तपाईको प्रतिक्रिया