काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ९३८ कोभिडका बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १८ हजार ४०८ नमुना (११ हजार ८७० पीसीआर र ६५३८ एन्टीजेन) परीक्षण गर्दा ती बिरामी थपिएका हुन् ।

बिहीबार थप ३७ जनाको मृत्यु भएको छ । २ हजार १२ जना निको भएका छन् ।

सक्रिय संक्रमित संख्या ३४ हजार ४२२ पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख १७ हजार जनाले कोभिड विरुद्धको खोप लगाएका छन् ।

काठमाडौं उपत्यकामा आज १ हजार ७५ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ७६६, ललितपुरमा १६३ र भक्तपुरमा १४६ जना संक्रमित थपिएका छन् ।

कूल संक्रमित संख्या ७ लाख ८ हजार, कूल मृत्यु ९९९४ पुगेको छ । होम आइसोलेसनमा ३१ हजार छन् ।

तपाईको प्रतिक्रिया