काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो ।

बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले विद्यालयहरुले पठाएको मूल्यांकनलाई बोर्डले प्रमाणीकरण गरेको बताए । विद्यार्थीहरुको जीपीएस बोर्डले नकेलाएको उनको भनाइ छ । ४ लाख ७४ हजार २ सय ७८ विद्यार्थीको नतिजा प्रमाणीकरण भएको पौडेलले बताए ।

एसईईको नतिजा www.see.gov.np, www.neb.gov.np का साइटबाट हेर्न सकिनेछ । साथै, एनसेलको https://result.ncell.axiata.com मा गई आफ्नो नतिजा हेर्न सकिन्छ । आफ्नो सिम्बोल नम्बर लेखेर ५ रुपैयाँ शुल्कसहित १६०० मा म्यासेज गरी नतिजा प्राप्त गर्न सकिन्छ ।

 

तपाईको प्रतिक्रिया