काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अझै पनि पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न सकिने बताएको छ ।
महाराजगञ्जस्थित पार्टीका महामन्त्री डा। शशांक कोइरालाको निवासमा सोमबार अपरान्ह बसेको पौडेल पक्षीय नेताहरुको केन्द्रिय कार्य समिति बैठकले पार्टी नेतृत्वले इमान्दार प्रयास गरे अझै पनि समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीको वैधानिकतालाई बचाउन सकिने निष्कर्ष निकालेको हो ।

वरिष्ठ नेता पौडेलले ‘हाम्रो धारणा र सोचाइको निष्कर्ष के छ भने पार्टीको महाधिवेशन तोकिएकै मितिमा गरेर अझै पनि पार्टीको वैधानिकतालाई जोगाउन सकिन्छ । त्यसका लागि हामी सबैले इमान्दारपूर्वक प्रयास गर्नु पर्छ ।’ भन्ने बिचार व्यक्त गरेका थिए

बैठकले महाधिवेशन समयमै सम्पन्न गर्न क्रियाशील सदस्यता सम्बन्धि विवाद थाती राखेर १३ औं महाधिवेशनकै प्रतिनिधिबाट प्रक्रिया अघि बढाउन सकिने पनि स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया