प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार अपरान्ह सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले प्रभावित क्षेत्रको जनजीवनलाई सहज बनाउने गरी बाढी ग्रस्त मेलम्ची क्षेत्रमा तत्काल ४ वटा यान्त्रिक पुल निर्माण गर्ने निर्णय गरेको छ ।

पुल निर्माणको निम्ति लाग्ने आवश्यक बजेटको व्यवस्था गर्ने जिम्मेवारी प्राधिकरणलाई दिइएको छ भने सो पुलको निर्माण कार्यको जिम्मेवारी नेपाली सेनालाई दिइएको प्राधिकरणका कार्यकारी प्रमुख डा। अनिल पोखरेलले बताएका छन्। उनले भने, ‘ बिस्तापित मेलम्ची क्षेत्रको जनताको जनजीवनलाई सहज बनाउनका लागि चार वटा यान्त्रिक पुल तत्काल निर्माण गर्ने निर्णय गरिएको हो । त्यसका लागि आर्थिक संयोजन प्राधिकरण आफैले गर्ने र नेपाली सेनाले सो पुलको निर्माण गर्नेछ ।’

प्रधानमन्त्री एवम् प्राधिकरणका अध्यक्ष देउवाले बाढी, पहिरो लगायतका विपद्को पूर्व तयारी लागि प्रभावकारी ढंगले काम गर्न सम्बन्धित सबै निकायलाई सचेत गराएका छन् ।

तपाईको प्रतिक्रिया