नेपालमा थप ३,४८१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ३० जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख ९५ हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,१८१ पुगेको छ।

आज बुधवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार विगत २४ घण्टामा १६,६५६ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तपाईको प्रतिक्रिया