काठमाडौं, २७ साउन । साधारणतथा एउटा फोनको मूल्य कतिसम्म पर्न सक्ला ? बजारमा १ हजार रुपैयाँदेखि लाख रुपैयाँसम्म पर्ने फोनहरु छन् भन्ने अनुमान लगाउन सकिन्छ ।

तर, एउटा फोनको मूल्य ५ अर्ब रुपैयाँभन्दा भन्दा बढी पर्छ भन्ने सुन्दा आश्चार्य नै लाग्न सक्छ । हो, अमेरिकी लक्जरी ब्रान्ड उत्पादक कम्पनी फाल्कोनको मोबाइल फोनको मूल्य ४८.५ मिलियन अमेरिकी डलर (५ अर्ब रुपैयाँभन्दा बढी) रुपैयाँ निर्धारण गरिएको छ ।

फाल्कोन सुपरनोभा आईफोन सिक्स पिंक डाइमन्ड संसारकै महँगो फोनको रुपमा दर्ज भएको छ । सुन्दर फ्लैट महँगो फोनको पछाडि गुलाबी हीरा जडित छ । हीराले नै यसलाई संसारकै महँगो फोन बनाएको हो ।

यस आइफोनको प्लेटिनम २४ क्यारेट सुन र रोज गोल्ड जडित भएर नै यसको स्थानलाई विश्वको सबैभन्दा महँँगो फोनका रुपमा छुट्याएको हो ।अन्नपुर्णबाट

तपाईको प्रतिक्रिया