एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको न्यूनतम साझा कार्यक्रममा द्वन्द्व पीडितलाई सम्मान गरिने भन्ने विषयप्रति टिप्पणी गरेका छन।

उनले घाइते, अपांगको अवस्था दयनीय रहेको उल्लेख गर्दै सरकारले नगर्ने हो भने एमालेले उनीहरुको उपचार गर्ने बताए । त्यसका लागि थापाथलीमा रहेको एमाले कार्यालय पठाइदिन पनि प्रचण्ड लगायतका सत्ता गठबन्धनलाई आग्रह गरे।

‘पहिलो कुरो द्वन्द्वपीडितहरुलाई न्याय दिनुस्, तपाईंले बुट्टे खादा ओढाएर द्वन्द्व पीडितलाई अल्मल्याउन खोजेको ?’, ओलीले मंगलबार संसदमा भने, ‘घाइतेहरुको उपचार गराउन भन्नुस् न, घाइतेहरुको शरीरमा भएको गोली झिक्छु भन्नुस् न । यदि सरकारले सक्दैन भने नेकपा एमालेको केन्द्रीय कार्यालय अहिले थापाथलीमा छ, त्यहाँ पठाइदनिुस म गर्छु ।’

गौर हत्याकाण्डलगायतका अराजक गतिविधिको छानबिन गर्न पनि सरकारलाई सुझाए । यस्तै क्यान्टोनमेन्टमा भएको भ्रष्टाचार, मातातीर्थ प्रकरणलगायतमा भएको भ्रष्टाचार छानबिन गर्न समेत ओलीले सरकारलाई । रातोपाटीबाट

तपाईको प्रतिक्रिया