काठमाडौ । आदिवासी जनजाति पत्रकार महासंघबाट हरेक बर्ष प्रदान गरिने फोनिज अवार्डबाट वरिष्ठ सञ्चारकर्मी कुमार यात्रुसमेत आठजना सम्मानित भएका छन । इन्डिजिनियस टेलिभिजन र आइटिभि नेपालमा आबद्ध यात्रु फोनिज गठन हुन पूर्ब रहेको अनिजका संस्थापक मध्ये एक हुन।

फोनिज अवार्ड प्राप्त गर्नेमा प्रेस काउन्सिलका पूर्ब अध्यक्ष भवानी बराल पनि थिए । बरालले धरानबाट पत्रकारिता गर्दे आएका छन। उनले झिल्को अनलाईन चलाउने गर्छन । लिम्बूवान प्राप्तीको आन्दोलनमा समेत होमिएका बरालले सो अवसरमा बोल्दै आफनो सम्मानले पत्रकारितामा लाग्नेहरुलाई थप हौसला पुगेको बताए ।

यसरी नै नेवा भाषाकी समाचार वाचिका रचना श्रेष्ठले रेडियो बिधामा अवार्ड प्राप्त गरिन । उनीसंगै जलजला रेडियो रोल्पाका मौसम रोक्काले पनि रेडियो बिधाको फोनिज अवार्ड प्राप्त गरेका थिए ।

छापा, टेलिभिजन, रेडियो र अनलाईन बिधामा फोनिज अवार्ड प्राप्त गर्ने अन्यमा राजकुमार दिक्पाल, आङदावा शेर्पा, तिलक पुन मगर, इन्द्रजीत मुखिया समेत थिए । मातृभाषामा प्रकासित तान्छोक्पा (लिम्बु भाषा) र पहुरा (थारु भाषा) लाई पनि सम्मान गरिएको थियो ।

पुरस्कार वितरण समारोहमा बोल्दै सूचना आयोगका प्रमूख सूचना आयुक्त महेन्द्रमान गुरुङले आदिवासीहरुको पहिचानजनित पत्रकारिता आजको आवश्यकता भएको बताए । उनले सूचनाको हक कार्यन्वयनमा मातृभाषामा सूचना पाउने अधिकार सुरक्षित गर्न आफनो प्रयास जारी रहेको बताए ।

फोनिजका अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा भएको कार्यक्रम महासचिव मनोज घर्ती मगरले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष गजुरधन राईले राखेका थिए ।

तपाईको प्रतिक्रिया