.अमेरिकी सेनाबाट झन्डै दुई दशक अघि खेदिएका तालिबानले अफगानिस्तानको राजधानी काबुललाई कब्जामा लिएकाछ्न।
.तालिबानको कब्जामा गएपछि भाग्ने क्रममा थुप्रै अफगान जनता काबुल एयरपोर्टमा मारिएकाछ्न।
. अमेरिकाको  सबै एम्बासी स्टाफ एयरपोर्टमा सुरक्षित साथ भेला भैसकेकाछ्न।
.अफगानिस्तान राष्ट्रपति अश्रफ घानी भागेर उजबेकिस्तान गएको भनिएकोछ।
.पुर्व राष्ट्रपति हमिद कर्जाइले देशमा शान्ति पुनर्बहालीको लागि तालिबानसंग संपर्क स्थापना भएको बताएकाछ्न।
.केहि पाश्चात्य मुलकले काबुलबाट आफ्नो जहाजहरु फिर्ता लान थालेका छ्न।
.६० भन्दा बढी देशले संयुक्त वक्तव्य जारी गरेर देश छोड्न चाहने जनतालाई जान दिन तलिबानलाइ आग्रह गरेकोछ।

एक सुरक्षा अधिकारीले सिएनएनलाइ बताए अनुसार अमेरिकी सैनिक जहाजहरु काबुल एयरपोर्टमा सुचारु साथ चल्ने भएकोछ। हवाई मैदान अफगान जनताहरुको भिडले ओगटेको हुनाले उडान निलम्बित थियोे ।
अहिले हवाई मैदानबाट  भिडलाइ हटाइसकिएको छ। तर भिंडभाड बढेमा फेरि सैनिक भिड हटाउने कामकारबाहीमा लाग्ने बताइएकोछ।

तपाईको प्रतिक्रिया