राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो राजनितिक घटनाक्रमबाट संविधान र ब्यबस्थाको औचित्यमाथि प्रश्नचिन्ह खडा भएको बताएका छन् । नेपाली राजनितिमा पात्र र प्रवृत्ति दुबै सुधार भए मात्र देश सुधार हुने बताएका छन् ।

पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिले नगर अध्यक्षहरुसँग बिहीबार आयोजना गरेको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले संघीयता ,गणतन्त्र र धर्मनिरपेक्षता बारे पुनर्विचार गर्नुपर्ने बताएका हुन्।

थापाले पछिल्लो अध्यादेश प्रकरणले दलिय प्रणालीलाई कमजोर बनाउने र राजनितिक अस्थिरता बढाउने काम गरेको भन्दै सरकारको पछिल्लो कदमको तिब्र आलोचना गरे।

तपाईको प्रतिक्रिया