झलनाथ खनालले पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन् । भारतको नयाँदिल्लीमा उपचाररत खनालले अब क्रन्तिकारी विचारसहित पार्टीलाई अघि बढाउनुपर्ने बताउका छन ।

खनालले भने ‘एकीकृत पार्टी बनाइसकेका थियौं त्यसलाई वर्तमान नेतृत्वले ध्वस्त पार्‍यो सर्वसम्मत ढंगले संविधानसभाबाट राम्रो संविधान बनाए पनि नेतृत्वले च्यातच्युत पार्‍यो ।’

उनले त्यसैगरि पार्टीलाई पुनर्गठनको क्रान्तिकारी बाटोमा हिँडाएर नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइ दिँदै दक्षिणपन्थी अवसरवादलाई परास्त गर्नुको विकल्प छैन,’भने । सबै नेता कार्यकर्तालाई आह्वान गर्दै कम्युनिस्ट नेता खनालले ३२ सालमा ८ जना मिलेर पार्टी पुनर्गठन गर्न सुरु गरेर यहाँसम्म ल्याएको धारणा राखे । वार्ता र संवादमार्फत सहमतिको ढोका सधैं खुल्ला रहेको बताउँदै दक्षिणपन्थी अवसरवादको अलमलमा परेका सबैलाई एकाताबद्ध भएर अघि बढ्ने समय आएको उनको भनाइ थियो ।

पन्ध्र दिनअघि मिर्गौला प्रत्यारोपण गराएका खनालको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार रहेको बताए । खनाल अबको दुई सातामा नेपाल फर्कने उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया