काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले विभिन्न प्रदेशमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ । आज आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इन्चार्ज तोकेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले विभागको प्रमुख पनि तोकेको छ भने जिल्ला समन्वय समितिको संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेशलाई दिइएको ।

जिल्ला समन्वय समितिका संयोजकहरु तोक्ने काम भने सम्बन्धित प्रदेश समितिलाई नै दिइएको प्रवक्ता श्रेष्ठले बताए । सबै केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी निश्चित गर्ने काम भएको उनले बताए ।

अधिवेशनका कामहरु, समिति निर्माणका कामहरु गर्ने क्रममा पनि राष्ट्रिय स्वधिनताको रक्षाको विषय, साथसाथै अहिलेको कोभिड महामारीमा जनतालाई सहयोग गर्ने विषय र कोभिडसँग जुध्न एकताबद्ध हने विषय, त्यसैगरी हाम्रो अहिलेको सन्दर्भमा प्रतिगमनप्रति सचेत हुनुपर्ने आवश्यकताका विषयसहित शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक भेदभावको अन्त्य, उत्पादन, रोजगारी, पर्यावरणको रक्षा, विज्ञान प्रविधीको अधिकतम प्रयोगजस्ता विषयमा ध्यान केन्द्रीत गर्ने कुरा सिँगै पार्टी कमिटीलाई निर्देशित गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

बैठकले पार्टीलाई व्यवस्थित र विधिसंगत रुपले सञ्चालन गर्दै अन्य कम्युनिष्ट शक्तिहरुसँग एकता र ध्रुविकरणको लागि वार्ता गर्न पहल गर्ने निर्णय गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रदेश १ मा पछि जिम्मेवारी दिइने गरी हाललाई ६ वटा प्रदेशमा जिम्मेवारी बाँडफाँट गरिएको छ ।

प्रदेश २ : गणेश साह

वागमती : हितमान शाक्य

गण्डकी : हितराज पाण्डे

लुम्बिनी : चक्रपाणी खनाल

कर्णाली : शक्तिबहादुर बस्नेत

सुदूरपश्चिम : खगराज भट्ट

तपाईको प्रतिक्रिया