आइतबार यूएस एयर मोबिलिटी कमान्डले ट्वीटरमा यसको जानकारी दिँदै एउटा थ्रेड पोस्ट गरेको छ जसमा महिला आफ्नो परिवारसँग मध्य पूर्वबाट जर्मनीको यात्रा गरिरहेका बेला बच्चा जन्माएको जानकारी दिइएको छ ।

महिलाको स्थिति बिग्रँदै गएपछि विमानका कमान्डरले विमानमा हावाको दबाब बढाउनका लागि कम उडान भरे । उनकी आमाले जीवन रक्षामा मद्दत गरिन् त्यसपछि उनको स्थितिमा सुधार आयो ।

जब विमान अवतरण भयो तब अमेरिकी सैन्य डाक्टर त्यसमा सवार भए र बच्चा जन्माउन मद्दत गरे । अहिले आमा र बच्चा दुबै खतराभन्दा बाहिर छन् र उनलाई नजिकैको अस्पतालमा लगिएको छ ।

एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया