ताप्लेजुङ । जनता समाजवादी पार्टी, नेपालको फक्ताङ्लुङ गाउँपालिकामा कार्यालय उद्घाटन भएको छ । लिम्बुवान राष्ट्रिय समितिको मुख्य सचिव केदार धिमालको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम तथा कार्यालय उद्घाटन भएको हो ।

फक्ताङलुङ २ खेजेनिममा भएको कार्यक्रममा पार्टी कार्यालय उद्घाटनसँगै १ दिने प्रशिक्षण कार्यक्रम पनि भएको छ । प्रशिक्षण मुख्य सचिव केदार धिमालले नै दिएका छन् ।

तपाईको प्रतिक्रिया