नेशनल रेजिस्टेन्स फ्रन्टका सदस्य अली नजिरीले बीबीसीसँगको कुराकानीमा तालिबान विरोधी नेता मरहूम अहमद शाह मसूदका छोरा अहमद मसूदको नेतृत्वमा हज्जारौं लडाकू त्यहाँ जम्मा भएको र युद्धका लागि तयार रहेको बताएका छन्।’

उनले भने,‘नेशनल रेजिस्टेन्स फ्रन्टको मान्यता यो छ कि स्थायी शान्तिका लागि अफगानिस्तानको मूलभूत समस्याको समाधान आवश्यक छ । मुलुकमा हामी पछिल्लो ४० वर्ष वा सय वर्ष वा २०० वर्षदेखि जुन बाटोमा हिँडिरहेका थिए, हामी त्यो बाटो मा अब हिँड्न सक्दैनौं ।’

‘अफगानिस्तान विभिन्न जातीय अल्पसंख्यकको देश हो । यो थुप्रै संस्कृतिको घर हो । यहाँ सत्तामा साझेदारीको आवश्यकता हो । सत्ताको यस्तो विभाजन जहाँ हरेकले आफूलाई सरकारमा देख्न सकून् । यदि कुनै राजनीतिक शक्ति हानी हुन चाहन्छ भने त्यो चाहे जहिलेसुकै होस्, त्यसले गृहयुद्धलाई बढाउनेछ र हालको लडाईं जारी रहनेछ ।’

तपाईको प्रतिक्रिया