एल एण्ड एन मोडेल एजेंसीले भर्खरै आफ्नो “काभ्रे फेस्ट-सिजन-२” को अडिसन सम्पन्न गरेकोछ।

बिगत २ वर्ष देखि रोकिएर रहेको “काभ्रे फेस्ट -सिजन -२” अन्तिम चरणको अडिसन काभ्रेको बनेपामा बिभिन्न संघसंस्थाका पदाधिकारीहरुको संग्लनता र स्थानीय संघ संस्थाको सहकार्यमा गत शनिबार  बनेपा पार्टी भेन्यु & रेस्टुरेन्टमा पुर्ण कोभिड मापदण्ड  पालना गरि सम्पन्न भएको हो।

सहभागीहरु मध्येबाट २० जना महिला र ६ जना पुरुष छनौटमा परेका छ्न। यस कार्यक्रममा सहभागि हुन फारम शुल्क रु.१००० राखिएको थियो । अहिलेको परिस्थितिलाई ध्यान दिदै न्युनतम खर्चमा अधिकतम सिकाइ र अवसर प्रदान गर्दै मोडलिङ प्रतियोगिता गरिरहेको जानकारी  आयोजक नितिन कायस्तले बताए ।

उक्त कार्यक्रमलाइ राष्ट्रिय मोडेलिङ्ग संघ काभ्रे ,यूरेका लियो क्लब बनेपा ,यूरेका लियो क्लब काठमाडौँ ,सौन्दर्य कलाकर्मी संघ काभ्रे र नया युवा नया सोच काभ्रे संघले सहयोग गरिरहेका छन। कार्यक्रमको लागि कोभिड -१९ स्वास्थ्य संबंधी  सम्पूर्ण सामग्री भूमि अस्पताल-बनेपाले उपलब्ध गराएको थियो ।

छनौटमा परेका सम्पूर्ण युवा -युवतीहरुलाइ यहि आउदो बुधबार देखि प्रसिक्षण प्रदान गरीनेछ भनिएकोछ।

काभ्रे फेस्ट-युवा युवती प्रति लक्ष्यित गरि आयोजना गरिने  मोडल पर्सनालिटीको प्रतिस्पर्धा हो, जहाँ विवाहित अविवाहित दुबै महिला पुरुषले सहभागिता जनाउन सक्ने जानकारी आयोजकले दिए।

अन्तिम अडिसनको निर्णायकका रुपमा प्रसिद्ध सौन्दर्य कलाकर्मी एवं समाजसेवी रुसका वैद्य , बनेपा सौन्दर्यकर्मीका अध्यक्ष तथा योगा प्रशिक्षक शोभा थापा, मोडलिङ संघ काभ्रेका अध्यक्ष एवं  निर्माता /निर्देशक  जीवन खड्गी र क्यास्तोलो कस्मिरी पस्मिनाका संचालक युवा व्यवसायी प्रकाश बोलाखे रहेका थिए ।  

प्रतियोगिताको अन्तिम चरण पनि बनेपामा नै गरिने  एल एण्ड एन मोडेल एजेंसीका व्यवस्थापक तथा यस कार्यक्रमका आयोजक सुशील सैंजु र शिशिर पाण्डेले बताए ।

तपाईको प्रतिक्रिया