पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको राष्ट्रिय जनमोर्चाले विरोध गरेको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै चाडबाडको मुखमा आएर गरेको मूल्य वृद्धिले जनतालाई झन् आहत पार्ने बताउँदै यसलाई फिर्ता लिन सरकारसँग माग गरेका छन् । उनले भनेका छन् – अन्य क्षेत्रको खर्च कटौती गरेर, अनियमिततालाई रोकेर, आवश्यक परे राज्यले अनुदान थपेर भए पनि यो मूल्यवृद्धिलाई सरकारले फिर्ता लिनु पर्छ ।

विज्ञप्तिमा – कोरोना भाइरसको प्रकोप र त्यसको रोकथामका लागि भएको लकडाउनका कारणले समग्र आर्थिक क्षेत्र र जनसाधारणको जनजीवन अत्यन्त कष्टपूर्ण बनेको यो स्थितिमा सरकारले कोभिडको नियन्त्रण र जनजीवनलाई प्राथमिकतामा राख्नु पर्दछ । तर यो मूल्य वृद्धिले तिनीहरूमा नै नकारात्मक प्रभाव परेको छ ।

तपाईको प्रतिक्रिया