२५ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा ।


अगस्ट ३० तारीख सोमबारबाट हङकङ सरकारले   स्वीकृति दिएको कोभिड- १९ भ्याक्सिनेसन  सर्टिफिकेट भएका फिलिपिनो डोमेस्टिक हेल्परहरुलाइ हङकङ प्रवेश गर्न  दिने भएकोछ। स्थानीय तहबाट भ्याक्सिन कार्ड निकालेपछि केन्द्र तहको मनिला कार्यलयमा हङकङले मान्यता दिने भ्याक्सिन कार्डको लागि आवेदन दिनु पर्दछ र येल्लो कार्ड भनिने भ्याक्सिन कार्ड तयार हुन करिब १ देखि २ महिना लाग्दछ।उक्त मान्यता प्राप्त कार्ड बोकेर  हङकङ आएपछि उनिहरुलाइ क्वारेन्टाइन बस्नको लागि छुट्टै होटेल प्रबन्ध गरिने भएकोछ।

संक्रमण तथा संक्रामक रोग केन्द्र ,हङकङ युनिभर्सिटीका निर्देशक हो पाक ल्यङले  २३ अगस्टका दिन   सरकारले बिदेशी घरेलुु कामदारलाई  कामको लागि हङकङ ल्याउने योजना बनाएकोमा केही आपत्ति छैन तर उनिहरुले पुर्ण रूपमा खोप लगाएर आएता पनि  डेल्टा भेरिएन्ट भाइरसको आयातलाई रोक्न सकिन्न भनेकाछ्न।

  ल्यङले यो वर्ष हङकङ छिरेका जम्मा ८३० आयातित केस मध्येमा ४० प्रतिशत त फिलिपिन्स र इन्डोनेसियाबाट आएको तथ्य पेश गरे र उनको मुल्यांकनमा यसो हुनुको मुल कारण ती दुई देशबाट आएका घरेलु कामदार नै हुन। महामारी सम्बन्धि नियम खुकुलो तुल्याउने साथ अवश्यम्भावी आयातित केसको संख्या बढ्नेछ उनले भने। त्यसकारण हङकङ  आउने संबंधित घरेलुु कामदारको स्वास्थ्य जाँच प्रस्थान पुर्व विशेष ढंगले गरिनु पर्छ र हवाइजहाजभित्र  बस्ने सिटको व्यवस्थापन पनि सोही अनुरुप गर्नुपर्ने कुरामा जोड दिए।
जस्तै जहाजले  क्षमता भन्दा आधा मात्रै यात्रु बोक्नुपर्छ र एउटा सिट ग्याप गरेर बस्नु पर्दछ।

अझ एक कदम अगाडि बढेर उनले भने ती देशबाट आउने घरेलु कामदारलाई हङकङ सरकारले अग्रगामी योजना ( पाइलट प्लान) बनाइ  एउटा या दुइटा जहाजको व्यवस्था गरेर सोझै हङकङ उतार्दा हुन्छ , त्यसपछि उनिहरुलाइ होटेल क्वारेन्टाइनको सट्टा क्वारेन्टाइन सेन्टरमा राख्दा हुन्छ ।

२४ अगस्ट २०२१
कार्यकारी प्रमुख क्यारी लामले फिलिपिन्स र इन्डोनेसिया सरकारसंग पारस्परिक रूपमा मान्यता दिइएको  भ्याक्सिन रेकर्डलाई  कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको बताइन । आफ्नो नियमित प्रेस ब्रीफिङमा उनले भनिन यही हप्ताभित्र हङकङ आउने कामदारबारे गरिने व्यवस्थापन कार्यबिधीबारे इन्डोनेसिया र फिलिपिन्स सरकारले स्पष्ट पार्ने भएकाछ्न। हङकङको श्रम तथा जनकल्याण व्युरोले यसबारेमा चाडै जानकारी दिने कुरा उनले बताइन। अहिलेसम्ममा  ४०० वटा कोठा भएको एउटा होटलले  डोमेस्टिक हेल्परलाइ क्वारेन्टाइन सेवा दिने भएकोछ। स्रोत अनुसार उक्त होटेल   ११९ वो यी होप रोड , क्वाइ चोङमा रहेको सिल्का चुन वान होटेल हुन सक्ने बताइएको छ।
तर सिल्का होटलका एक कर्मचारीले  अहिलेसम्म कुनै त्यस्तो सूचना नआएको  बताएका छ्न। यो होटेलले अहिलेसम्म स्थानीय स्तरमा पुष्ठि भएका केससंग संबंधित क्लोज कन्ट्याक्टमा परेकालाइ मात्र क्वारेन्टाइन सुबिधा दिदै आएकोछ। बिदेशबाट हङकङ आएका बिदेशी र बिदेशी घरेलु कामदारलाई हामी स्विकार्दैनौं।
फेडेरेसन अफ हङकङ होटेल अनरका कार्यकारी निर्देशक माइकल लि होन सिङले फरेन डोमेस्टिक हेल्परहरु हङकङ आएपछि क्वारेन्टाइन बस्ने होटेल सिल्का चुन वान  नै भएको बताएकाछ्न।

चुन वान जिल्लाको अर्को एउटा होटेलले हेल्परको लागि क्वारेन्टाइन होटेलको सेवा प्रदान गर्ने मनसाय व्यक्त गरेकोछ र अहिले उक्त होटेलले सरकारी प्रावधानबारे बुझिरहेकोछ।

लिको विचारमा डोमेस्टिक हेल्परको लागि मात्र भनेर क्वारेन्टाइन होटेल पाउन सरकारलाई गाह्रो पर्छ ।
” सस्तो रुम रेट भएका प्रायः सबै होटेल क्वारेन्टाइन होटेलमा परिणत भैसकेका छ्न। अब सस्तो कोठा भएका होटल कति नै बाँकी छ्न र? ” लिले भने।
विभिन्न ब्याचमा हङकङ आउने  प्रत्येक घरेलुु कामदारले तोकिएको होटेलमा २१ दिने क्वारेन्टाइन अबधि बिताएपछी मात्र आफ्नो मालिकको घरमा काम गर्न जान सक्दछ्न।
तयारी अबस्थामा रहेका सबैलाई प्रत्येक हप्ता हजारौंको संख्यामा कामदारलाई   हङकङ ल्याउदा  शहरको हेल्थ केयर सिस्टममा भार पर्दछ साथै सुरक्षित र व्यवस्थित तरिकाले ल्याउने भनेर तय भएको सिद्धान्तको बिपरित जाने कुरा क्यारी लामले जानकारी दिइन।

फिलिपिन्स श्रम मन्त्री सिल्भेस्ट्रे बेलोका अनुसार हङकङमा घरेलु कामदारको रूपमा कार्यरत फिलिपिनोको संख्या करिब २,१०,००० छ्न। र अहिले ३,००० जना हङकङ जान योग्य घरेलु कामदार रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया