नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र अहिले ठूलो विश्वासको संकट रहेको बताएका छन् ।

बुधबार पार्टी कार्यालय सानेपामा क्रियाशील सदस्यता सूची सार्वजनिकीकरणको माग गर्दै जिल्ला सभापतिहरूले सुरु गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै उनले पञ्चायत र माओवादी आन्दोलनमा विचलित नभएका कार्यकर्तालाई पाखा लगाएर क्रियाशील सदस्यता बाँडिएको बिचार व्यक्त गरे ।

पौडेलले जिल्ला सभापतिहरूको निर्वाचन विधान अनुसार हुनुपर्नेमा समेत जोड दिए । उनले भने, जिल्ला सभापतिहरूको निर्वाचन विधान अनुसार हुनुपर्ने र यसका निम्ति केन्द्रीय समितिले ध्यान दिनुपर्ने बताएका छन् ।

बुधबारदेखि काँग्रेस केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यता सूची सार्वजनिकीकरणको माग राख्दै जिल्ला काँग्रेस सभापतिहरूले रिले अनसन सुरु गरेका छन् ।

तपाईको प्रतिक्रिया