‘कालीगण्डकी बचाऔं अभियान’ले नदी संरक्षणका लागि सृजनात्मक प्रतिरोध गर्न स्रष्टाहरूलाई आव्हान गरिएको छ । हाल निरन्तररुपमा कालीगण्डकी नदीको अवैध दोहन भइरहेको छ भने अर्कोतिर सरकारले कालीगण्डकी डाइभर्सनका नाममा नदीको प्राकृतिक मार्ग नै परिवर्तन गर्न खोजिरहेको छ ।

यसै सन्दर्भमा अभियानले कविहरुलाई ऐक्यबद्धताका लागि कविता लेखेर पठाउन आग्रह गरेको हो । पछिल्ले समयमा कालीगण्डकी बचाऊ अभियान अन्तर्गत देशभरका लेखक , समाजिक अभियान्ताहरुले निरन्तररुपमा आजाज उठाउदै आएका छन । मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, गुल्मी, स्याङ्जा, पाल्पा, तनहूँ आदि हुँदै बग्ने कालीगण्डकी नदी नेपालको पुराना सभ्यता मध्येको एक सभ्यता बोकेको नदी हो ।

दुर्लभ शालिग्राम पाइने विश्वकै एकमात्र यो नदीसँग हिन्दु धर्मालम्बीकालागि अत्यन्तै ठूलो सांस्कृतिक महत्व रहेको छ । यो नदी क्षेत्र नित्य स्नानदेखि पूजा पाठ, दाहसंस्कार, तर्पण र श्राद्घ गर्न अत्यन्तै पवित्र मानिन्छ । किनारामा मुक्तिनाथदेखि देवघाटसम्मका दर्जनौ पवित्र धार्मिक स्थल छन्, जहाँको एक पटक दर्शन गर्न वा पूजापाठ गर्न हजारौं धर्वालम्बी लालयित छन ।

केही वर्षयता देशको बिभिन्न स्थानहरुमा पर्यावरणीय सन्तुलन नै खलबलिने गरी नदीको तिब्र दोहन भइरहेको छ । कुनै वैज्ञानिक अध्ययनरअनुसन्धान बिना नै सुरु गरिएको प्रलयकारी कालीगण्डकी डाइभर्सन योजना र विगत केही दशकदेखि कालीगण्डकीको आँत र गर्वमा नै असर गर्ने गरी गरिएको गैरकानुनी दोहन यसैको परिणाम हो ।

कालिगण्डकी डाइभर्सनद्वारा राखिएको सिचाइ एवम विद्युत उत्पादनको लक्ष्य स्थानीय पानीको श्रोतबाट समेत पूरा गर्न सकिने सुझाव विज्ञहरुले दिइरहँदा सरकारले डाइभर्सनकै ढिपी कस्नु कालिगण्डकीमाथिको कुदृष्टि बाहेक केही होइन । यो परियोजनाले कालीगण्डकीमा निर्भर जीवन, परियोजनास्थल भन्दा तल्लो क्षेत्रमा जमिनमुनिको पानीको भण्डारण रित्तिने, जैविक विविधतामा संकट ल्याउने त्यतिकै खतरा छ ।

तपाईको प्रतिक्रिया