काठमाडौँ । संयुक्त अधिराज्य सरकारले द्विपक्षीय सहायता अन्तर्गत नेपाल सरकारलाई उपलब्ध गराएको १ लाख ३० हजार डोज एस्ट्राजेनेका खोप बुधबार काठमाडौं आईपुगेको छ ।

खोप त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आएलगत्तै नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपाल सरकारलाई हस्तान्तरण गरेकी छन् ।

उक्त खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा भण्डारण गरिने बताइएको छ। यसबारे लण्डनस्थित नेपाली दूतावासले जानकारी गराउँदै बेलायत सरकारप्रति हार्दिक आभार समेत व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया