३० अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ जनस्वास्थ्य बिभागले तुर्किस एयरलाइन्स र फिलिपिन एयरलाइन्सलाई १४ दिनको लागि हङकङ आउन नदिने भएकोछ। स्तानबुल र मनिलाबाट आएका ती एयरलाइन्सका  तीन तीन जना यात्रुलाई २९ अगस्टमा  कोरोना पोजिटिभ पुष्ठि भएपछि यस्तो निर्णय गरिएको हो।

आइतबार पोजिटिभ पुष्ठि भएका सात वटा नयाँ कोभिड केसमा ६ जना यतैबाट आएका हुन।  आयातितमा २३ वर्ष देखि ६८ वर्षका तीन पुरुष र ४ महिला परेका छ्न र सबैले दुबै मात्रा कोभिड खोप लगाइसकेका छ्न।

२९ अगस्टको दिन पुष्ठि भएको सातौं केस अन्तर्गत एक ६८ वर्षका पुरुष युकेबाट आएका हुन ।

६८ वर्षका पुरुष जो डेल्टा भेरिएन्ट L452R धारी हुन । उनी लान्ताउ द्विप, डिस्कभरी बेको सनराइजमा बस्तछ्न। उनी १५ अगस्टमा युके गएका थिए ।ऊनी अगस्ट २५ तारीख CX252 फ्लाइटबाट हङकङ फर्किएका थिए । विमानस्थल स्थित अस्थायी नमूना संकलन केन्द्रमा उनको नमूना परिक्षणको नतिजा नेगेटिभ आएको थियो । क्वारेन्टाइन होटेलबाट  अगस्ट २७ तारीख उनको नमुना संकलन गर्दा उनमा पोजेटिभ देखिएको हो। उनमा अगस्ट २५ तारीखबाट खोकी चल्ने,घाँटी दुख्ने जस्ता लक्षण देखिएको थियो ।

ऊनी बस्ने भवन र इन्क्युबेसन कालमा उनले घुमेका सबै स्थानलाई अनिवार्य कोभिड परिक्षणको सुचीमा राखिसकिएकोछ।

स्वास्थ बिभागले अहिले पुन पोजिटिभ भएकी   २९ वर्षकी महिला जसले डेल्टा स्ट्रेन L452R बोकेकी छिन-  को केसलाई पनि अनुसन्धान गरिरहेछ। नविनतम जानकारी अनुसार गत जुन महिनाको अन्तदेखि ऊनी युके,स्पेन र पोर्चुगल घुमेर १९ अगस्टमा EK384  फ्लाइटबाट हङकङ आएकी रहेछिन। हङकङ विमानस्थलमा गरिएको टेस्टमा नतिजा नेगेटिभ देखिएको थियो । रोगीले कोमिनार्टी बायोएन्टेक भ्याक्सिनको दुई डोज मार्च  १८ तारीखमा र अप्रील तारीखमा लगाएकी हुन। २३ जुनमा उनको एन्टिबडी टेस्ट गर्दा पोजिटिभ आएको थियो । ऊनी   १९ अगस्ट देखि २५ अगस्ट सम्म होटेल क्वारेन्टाइनमा बसिन।आफ्नो क्वारेन्टाइन अबधि सकिएपछि उनी २०८, शेक ओ भिलेज , शेक ओमा बसिन।

२७ अगस्टमा अनिवार्य कोभिड परिक्षण गर्नुपर्ने नियम पालना गर्दै परिक्षण केन्द्रमा टेस्ट गर्दा उनमा कोभिड पोजिटिभ पुष्ठि भयो। र उनको शरीरमा डेल्टा भेरिएन्ट L452R भेटिएकोछ।
रोगीले दिएको जानकारी अनुसार अगस्टको सुरुवात देखि उनमा लक्षण देखिएको थियो र पोर्चुगलमा छ्दा नै उनलाई पोजिटिभ भएको थियो । तर त्यहाँबाट हिड्नु अघि उनको अवस्था नेगेटिभ थियो र कुनै पनि किसिमको लक्षण हङकङ आइन्जेल देखा परेको थिएन ।
स्वास्थ्य संरक्षण केन्द्रले यो केसलाई रि- पोजिटिभ ओभरसिज केसको कोटिमा राखेकोछ।
उनी बसेको भवन साथै इन्क्युबेसन अबधिमा उनी डुलेको स्थानलाई अनिवार्य कोभिड टेस्टमा जानू पर्ने सुचिमा राखिएकोछ।

अगस्ट २७ तारीख  मनिलाबाट हङकङ उडेको  फिलिपिन एयरलाइन्स  फ्लाइट नम्बर PR300  जहाजमा आएका तीन जना यात्रु  र अगस्ट २७ तारीख नै इस्तानबुलबाट  हङकङ उडेको तुर्किस एयरलाइन्स फ्लाइट नम्बर TK083 जहाजमा आएका तीन जना यात्रु विमानस्थलमा उत्रने बित्तिकै गरिएको कोभिड परिक्षणमा पोजिटिभ पुष्ठि भएपछि माथि उल्लिखित दुबै एयरलाइन्स अन्तर्गत चल्ने फ्लाइटलाई  अगस्ट २९ देखि  सेप्टेम्बर ११ सम्मको लागि  हङकङ अवतरण हुन  निशेध गरिएकोछ।

तपाईको प्रतिक्रिया