राजश्री इन्टरटेनमेन्ट नेपाल संगको सहकार्यमा धिमाल फिल्म्सको ब्यानरमा बन्न लागेको सिरिज “आलु जस्तो लव” को सम्पुर्ण तयारी सकाएर आउदो २५ गते फ्लोरमा जाने भएको छ। जसमा दिवस नाथले प्रीन्सको मुख्य भुमिका निर्वाह गर्ने भएका छन।

उमेरले भर्खर २४ बर्षमा प्रबेश गरेका दिवस नाथ एक थीएटर आर्टिस्ट हुन। तेक्वान्दो खेलाडी समेत रहेका दिवस नाथले म्युजिक भिडियो लगायत चर्चित नेपाली सो क्राइम पेट्रोलमा पनि अभिनय गरेका छ्न र मेघा स्टार अनमोल केसीको आगामी फिल्म “एक्स 9” मा पनि दिवस नाथको अभिनय देख्न पाइने भएको छ। साथै up entertainment ले आयोजना गरेको (SLC PRINCE & PRINCESS 2073) सुदुर पश्चिम विजेता पनि हुन दिबस नाथ ।

देव धिमालको निर्देशन, कृष्ण के.सि को लेखन, विजय राज भुर्तेलको सम्पादन, दिनेश गौतमको संगीतमा दिनेश गौतम र अनु सिंहको स्वर रहने भएको छ । सिरिजमा अश्मित पोखरेल ले मुख्य सहायक निर्देशकको रुपमा काम गर्ने भएका छ्न। काठमाडौ वरिपरि छायांकन हुने सिरिजको पोस्ट प्रोडक्सनको जिम्मा विजय राज फिल्मस लाई दिइएको छ। सिरिजमा शारदा गिरि (काली बुढी) राजकुमार शाह, सुवास भट्टराई ,भिमसेन खतिवडा,प्रीयन्सी श्रेष्ठ ,प्रीयन्का श्रेष्ठ,दिवस नाथ,सुमन थोप्रा लिम्बू लगायत का कलाकारहरुको मुख्य भुमिका रहने भएको छ।

तपाईको प्रतिक्रिया